नेभिगेशन
अर्थतन्त्र

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता

काठमाडौं – नेपाल बैंक र काठमाडौंको चावहिलस्थित मेडिकेयर हस्पिटलबीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकका कर्मचारी र तीनका परिवार, पेन्सन खाता रहेका ग्राहक, बैंकका अवकाशप्राप्त कर्मचारी र क्रेडिट कार्ड होल्डरहरूलाई विशेष छुट दिने सम्बन्धमा हस्पिटलसँग सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौताबमोजिम अस्पतालले विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । सम्झौता पत्रमा बैकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटलका तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका छन् । यस किसिमको सम्झौताबाट कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकले सहुलियतपूर्ण स्वास्थ्यसेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्