नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा कारोबार बढ्याे

काठमाडौं – शेयरबजारमा मंगलबार कारोबार रकम बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर किनबेच भएको छ । यो कारोबार २५ करोबार दिन यताकै धेरै हो ।

कारोबार मापक नेप्से परिसूचक पनि ९.९३ अंकले बढेर २,६४९.३० विन्दुमा कायम भएको छ । कारोबार भएका २५९ कम्पनीमध्ये १४८ वटाको शेयरमूल्य बढेको छ भने १०३ वटाको घटेको छ । बाँकी ८ वटाको स्थिर रहेको छ ।

सूचीकृत भएका १३ मध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह २.८७ प्रतिशत बढेको छ । यसैगरी, बैंकिङ ०.४३, विकास बैंक ०.७९, जलविद्युत ०.१४, लगानी ०.३२, जीवन बीमा ०.०४, लघुवित्त ०.८३, म्यचुअल फण्ड ०.४५, व्यापार ०.५४, अन्य ०.७७ र निर्जीवन बीमा ०.०७ प्रतिशत बढेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ । त्यसपछि थ्रि स्टार हाइड्रोपावरको ९.५४ प्रतिशत बढेको छ । रुरु जलविद्युत परियोजनाको शेयरमूल्य सर्वाधिक ८.४१ प्रतिशत घटेको छ । सबैभन्दा धेरै शेयर कारोबार एसवाई प्यानलको २४ करोड ८८ लाख रुपैयाँ बराबरको भएको छ ।

लगानीकर्ताको सम्पत्ति एक दिनमा १७ अर्ब रुपैयाँ बढेको छ । सोमबार ४४ खर्ब ३१ अर्ब रहेको बजार पुँजीकरण मंगलबार बजार बन्द हुँदा ४४ खर्ब ४८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयर तर्फको बजार पुँजीकरण पनि ६ अर्ब रुपैयाँ बढेर १५ खर्ब १० अर्ब रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्