नेभिगेशन
विश्व

शताब्दी पुरुष महाथिर अस्वस्थ

गएको जुलाई १० मा १०० वर्ष पुगेका मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद गम्भीर बिरामी छन् । उनको शताब्दी उमेरका कारण उपचारका लागि शल्यक्रिया गर्नुपर्ने आवश्यकता देखिएपछि चिकित्सकहरूले त्यो उत्तम विकल्प नभएको चिकित्सकहरूले सल्लाह दिएका छन् । उनका छोरा मुखरिजले बुधबार सो कुराको जानकारी दिएका हुन् ।

घरमा लडी कम्मरमा समस्या भएपछि उनीलाई मंगलबार एम्बुलेन्सबाट क्वालालम्पुरस्थित नेशनल हार्ट इन्स्टिच्युटमा लगिएको उनका सहयोगी सुफी युसुफले एएफपीलाई बताए ।

हालैका वर्षहरूमा स्वास्थ्य समस्याबाट पीडित महाथिरलाई जुलाईमा आफ्नो शतवार्षिकी मनाउने क्रममा वनभोजमा सहभागी भएपछि अनपेक्षित शारीरिक थकानका कारण अस्पताल भर्ना गरिएको थियो । सुफीका अनुसार चिकित्सकहरूले उनीको दाहिने कम्मरमा समस्या देखिएको पुष्टि गरेका छन् र पूर्व प्रधानमन्त्री ‘उपचार र स्वास्थ्य निगरानीका लागि अर्को केही हप्ता’ अस्पतालमा बस्ने अपेक्षा गरिएको छ ।

‘विशेष गरी शताब्दी पुरूष महाथिरको उमेरका कारण शल्यक्रिया राम्रो विकल्प होइन,’ मुखरिजले आफ्नो राजनीतिक पार्टीको ह्वाट्सएप ग्रुप च्याटमा पोष्ट गरेको एक भिडियोमा चिकित्सकको सुझाबलाई उद्धृत गर्दै भनेका छन् ।

उनले भने, ‘अस्पतालका विशेषज्ञहरूले उनीलाई एक विशेष पुनः स्थापना प्रक्रियाबाट अघि बढ्ने सल्लाह हामीलाई दिएका छन् र यसका लागि केही समय लाग्नेछ ।’

‘पिता (महाथिर) लाई आराम गर्न आवश्यक छ म सबैसँग अनुरोध गर्दछु कि पूर्ण रूपमा निको हुँदासम्म उनीलाई अरामको लागि वातावरण आवश्यक हुनेछ,’ छोरा मुखरिजले भने । मलेसियाका राजनीतिक दिग्गज मानिने महाथिरले पहिले मुटुको समस्याको लागि बाइपास सर्जरी गरेका थिए ।

उनी सन् १९८१ देखि सन् २००३ सम्म र सन् २०१८ देखि २०२० सम्म दुई पटकसम्म प्रधानमन्त्री बनेका थिए । दोस्रो कार्यकालमा उनी ९४ वर्षका थिए र तत्कालिन विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेताका रुपमा कीर्तिमान बनाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्