नेभिगेशन
नेपाल

रौनकसँगै बजारमा चाकुको माग दोब्बर

माघे सङ्क्रान्ति पर्वका लागि काठमाडौंमा चाकुको माग यसवर्ष दोब्बरले बढेको छ । ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग बढेको छ । उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे सङ्क्रान्तिमा विशेष रूपमा सेवन गरिन्छ । चाकु खायो भने चिसो भाग्छ भन्ने विश्वासका कारण माघे सङ्क्रान्तिमा चाकु खाने गरिन्छ । पर्व नजिकिँदै जाँदा पाटनका कारखानाहरूमा चाकु बनाउने काम तीव्र बनेको छ । तस्बिर :नेपाल फोटो लाइब्रेरी


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल