नेभिगेशन
अर्थतन्त्र

ग्लोबल आइएमईका १७५ कर्मचारीलाई सम्मानित

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारीहरूलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्तरूपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीहरूलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेर वित्तीय सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लगेको बताए । उनले १९ वर्ष पहिले १९औं वाणिज्य बैंकको रुपमा स्थापना भएको यस ग्लोबल आइएमई बैंकले स्थापनाको १९ वर्षमा नै आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल भएको बताए । उनले बैंक वा कुनै पनि संस्था सफल हुनका पछाडि नेतृत्वका साथै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशीलताको उत्तिकै महत्त्व हुने बताउँदै सम्पूर्ण कर्मचारीहरूलाई अझ लगनशील भएर आफ्नो कर्तव्य पालना गर्न आग्रह गरे । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्‍याएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गररे अगाडि बढेको बताए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकले देशभर ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स से वामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्