नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मीका नवनियुक्त अध्यक्ष उपाध्यायले लिए सपथ

काठमाडौं – महालक्ष्मी विकास बैंकका नवनिर्वाचित अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम उपाध्यायले बुधबार राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका पदाधिकारीहरूको उपस्थिति थियो ।

पुस २१ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरूले उपाध्यायलाई अध्यक्ष चयन गरेका थिए । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्