नेभिगेशन
राशिफल

२०८२ साल भदौ ७ गते शनिबारको राशिफल

मेष

आजको दिन उत्साहजनक रहनेछ । रोकिएका काम अघि बढ्नेछन् । पारिवारिक सहकार्यले मन खुशी बनाउनेछ। खर्चमा थोरै संयम आवश्यक ।

वृष

थोरै मानसिक तनाव हुन सक्छ । आत्मविश्वासमा कमी महसुस होला । काममा ढिलासुस्ती हुन सक्ने भएकाले धैर्य राख्नुहोला ।

मिथुन

सामाजिक मान–सम्मान बढ्नेछ । व्यापार वा नोकरीमा फाइदाको योग छ । साथीभाइसँग सहयोग र सल्लाहले निर्णय सजिलो हुनेछ ।

कर्कट

आज कुनै महत्त्वपूर्ण जिम्मेवारी हातमा पर्न सक्छ । आत्मबलले सफल बनाउनेछ। वरिष्ठ व्यक्तिको सहयोग मिल्नेछ ।

सिंह

यात्राको सम्भावना छ, तर सावधानी अपनाउनुहोस् । अनावश्यक विवादमा नपर्नुहोस् । सोचेर मात्रै बोल्नु राम्रो हुन्छ ।

कन्या

नयाँ योजना बनाउन अनुकूल समय छ । आर्थिक पक्ष सुधार हुनेछ । प्रियजनसँग सुमधुर सम्बन्ध बन्नेछ ।

तुला

कामको प्रशंसा हुनेछ । तर, आलस्यले केहि अवरोध ल्याउन सक्छ। घरमा सानो मतभेद हुनसक्छ, धैर्य राख्नुहोला ।

वृश्चिक

दिन मध्यम छ । शारीरिक थकान र आलस्य बढ्न सक्छ । आर्थिक कारोबारमा होसियारी आवश्यक छ ।

धनु

आज नयाँ अवसर आउने सम्भावना छ । प्रतिस्पर्धीलाई हराउन सकिने दिन हो । प्रेम र सम्बन्धमा मिठास आउनेछ ।

मकर

काममा फुर्तिको खाँचो महसुस हुनेछ । अरूको कुरामा धेरै ध्यान नदिनु राम्रो हुन्छ । स्वास्थ्यमा सुधार देखिनेछ ।

कुम्भ

पुराना कामहरू पूरा हुने संकेत छ । धनलाभको अवसर मिल्नेछ । दाम्पत्य जीवनमा सन्तुलन आवश्यक ।

मीन

दैनिक क्रियाकलापमा सफलता मिल्नेछ । अध्ययन, अध्यापन वा अनुसन्धानमा लाभ हुनेछ । मन प्रसन्न रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्