नेभिगेशन
अर्थतन्त्र

क्यानसँगै नेतृत्व सम्मानित

काठमाडाैं – सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ र यसको नेतृत्वलाई सम्मान गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार ललितपुरमा आयोजित समारोहमा श्रममन्त्री राजेन्द्रसिंह भण्डारी लगायतले क्यानलाई सम्मान हस्तान्तरण गरेका हुन् । महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी र महासचिव चन्द्रविलास भुर्तेललाई व्यावसायिक आईसीटी प्रशिक्षण र पाठ्यक्रम विकासमा योगदान पुर्‍याएकोमा प्रशंसापत्र प्रदान गरियो ।

क्यानले ‘हातमै सीप’ कार्यक्रममार्फत सफ्ट स्किल्स र प्राविधिक दक्षता एकीकृत गर्दै नेपाली प्रशिक्षार्थीलाई उद्योगअनुकूल दक्ष बनाउने प्रयास गर्दै आएको छ । एनएभीटी र क्यानबीचको सहकार्यमा कम्प्युटर क्षेत्रका दुईवटा आधारभूत सीपमूलक पाठ्यक्रम पनि तयार पारिएका छ । सम्मान ग्रहण गर्दै क्यान महासंघले आगामी दिनमा पनि नेपाली सूचना तथा सञ्चार प्रविधि सीप विकास र रोजगारी सिर्जनामा सरकारसँग मिलेर सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्