नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकको लाभांश पारित

काठमाडाैं – एनएमबि बैंकको साधारण सभाले शेयरधनीका लागि प्रस्तावित १० प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ । बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा भएको आर्थिक वर्ष २०८१/८२ को ३०औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

सभामा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा शेयरधनीहरूले आ–आफ्नो सुझाव र विचार व्यक्त गर्दै बैंकका विविध पक्षमा छलफल गरिएको छ । बैंकले २०८१/८२ मा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गरेको छ भने २८३.६५ अर्ब रुपैयाँ निक्षेप संकलन र २४३.३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्