नेभिगेशन
अर्थतन्त्र

पन्ध्रसय युवालाई प्रशिक्षण दिँदै राठोर

काठमाडौं – बिजनेश प्रशिक्षक तथा मोटिभेस्नल स्पीकर भूपेन्द्रसिंह राठोरले नेपालका युवाहरुलाई व्यवसाय, नेतृत्व र बिक्री क्षमता सम्बन्धी प्रशिक्षण दिने भएका छन् । ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपको आयोजनामा हुन लागेको ‘सेल्स बुस्टर २.०’ कार्यक्रममा राठोरले १५०० युवा उद्यमी, व्यवसायी र विद्यार्थीलाई प्रशिक्षित गर्न लागेका हुन् । 

कार्यक्रम माघ १६ गते भक्तपुरको जर्मन होम्समा आयोजना हुनेछ । ‘थिंक रिच ईण्डिया’ का संस्थापक राठोरले नेतृत्व क्षमता, व्यवसायिक तथा जीवनशैली रुपान्तरण सम्बन्धमा एक करोडभन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष प्रशिक्षण दिइसकेका छन् । 

ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपका कार्यकारी अध्यक्ष हरि डुम्रेका अनुसार नेपाली युवा विद्यार्थी, उद्यमी र व्यवसायीको मागका आधारमा राठोरलाई नेपाल ल्याउन लागिएको जानकारी दिए । राठोर उद्यमलाई विस्तार गर्न, व्यवसायिक सीप बढाउन र बजारमा प्रभाव बढाउने उपायहरु सिकाउन विश्वभर सर्वाधिक खोजिने मोटिभेसनल स्पिकर हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्