नेभिगेशन
अर्थतन्त्र

प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशियाको अनुरोध

काठमाडाैं – एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल अद्यावधिक गर्न अनुरोध गरेको छ । निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इटिडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ ।

बैंकका ग्राहक खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप मार्फत आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् । जुनसुकै शाखा कार्यालयबाट प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण प्रविष्ट गरिने बैंकले प्रष्ट पारेको छ । जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुने छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले इटिडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने समेत स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्