नेभिगेशन
अर्थतन्त्र

अत्याधुनिक प्रविधि र मोबिलिटीमा हुन्डाईको प्राथमिकता

काठमाडौं – हुन्डाई नेपालले २०२६ सालको सुरुवातसँगै विश्वास, अत्याधुनिक प्रविधि र ग्राहक–केन्द्रित मोबिलिटीलाई प्राथमिकतामा दिँदै अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ ।

कम्प्याक्ट ह्याचब्याकदेखि प्रिमियम एसयूभी र विद्युतीय सवारीसाधनसम्मको उत्पादन पोर्टफोलियोसहित हुन्डाईले उपयुक्त सवारी विकल्प उपलब्ध गराउँदै आएको जनाएको छ । सडक अवस्था र भौगोलिक आवश्यकतालाई ध्यानमा राखेर भित्र्याइएका मोडलहरू र सवारी बिक्रीपछिको सेवा, पार्टस र दक्ष प्राविधिकहरूमा निरन्तर लगानी गरेको जनाएको छ ।

पछिल्लो समय हुन्डाईले विद्युतीय सवारीसाधन (ईभी) प्रवर्द्धनमा अग्रपंक्तिमा रहेको समेत दाबी गरेको छ । क्रेटा ईभी र कोना इलेक्ट्रिक जस्ता मोडेलमार्फत हुन्डाईले प्रदर्शन, किफायतीपन र दिगोपनको सन्तुलन प्रदान गर्दै ग्राहकहरूको विश्वास जित्न सफल भएको छ ।

नेपाली ग्राहकका लागि ब्रान्ड मात्र नभएर दीर्घकालीन मोबिलिटी साझेदार बनेको हुन्डाईले जनाएको छ । नयाँ वर्षसँगै हुन्डाईले आफ्नो प्राथमिकता उन्नत प्रविधि, भरपर्दो स्वामित्व अनुभव र अर्थपूर्ण मूल्य प्रदान गर्नु रहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्