नेभिगेशन
राजनीति

‘निर्वाचन एकै चरणमा हुन्छ’

राजविराज – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको निर्वाचन देशभर एकै दिन एकै चरणमा हुने बताएका छन् । सप्तरीको रानविराजमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुई चरणमा हुने भनेर चलेका हल्ला निराधार भएको स्पष्ट पारे ।

देश चुनावमय बन्दै गएको उल्लेख गर्दै उनले आउँदो फागुन २१ गते नै तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु अन्तरिम सरकारको दायित्व भएको बताए ।

‘निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ नागरिक सरकार गठन भएको हो,’ उनले भने, ‘शान्तिसुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति