नेभिगेशन
प्रदेश

अग्लो भूकम्प प्रतिरोधी पुल

काठमाडौं–तराई मधेस द्रुतमार्गमा निर्माणाधीन अग्लो भूकम्प प्रतिरोधी पुल । मकवानपुरगढी र बकैया गाउँपालिकामा पर्ने लेनडाँडामा निर्माणाधीन पुल २७० मिटर लामो छ । निर्माण सम्पन्न भएपछि करिब ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । यो आयोजनामा ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेकोमा ३ सुरुङ र ५ पुल तयार भएका छन् भने अरु निर्माणको चरणमा छन्। द्रुतमार्ग निर्माणको समग्र भौतिक प्रगति हाल ३८ प्रतिशत छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश