नेभिगेशन
प्रदेश

सेजन सदस्यलाई ७ लाखको बीमा

काठमाडौं –  समाज पुरिएको अवस्थामा भेटियो बस (सेजन)मा आवद्ध पत्रकारहरूका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराइएको छ । सेजनले प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमासहित कुल ७ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरेको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले सेजनका अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा बीमा पोलिसी हस्तान्तरण गरेकी हुन् । सम्झौतापछि सीईओ श्रेष्ठले सेजन सदस्यलाई बीमा सेवा दिन पाउनु खुसीको विषय भएको बताइन् ।

‘बीमा गर्दा हुने फाइदा राम्रोसँग बुझाउन नसक्दा क्षति न्यूनीकरण हुन सकेको छैन,’ उनले भनिन्, ‘आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठनको हैसियतले सेजनले बीमाको महत्त्व र फाइदाबारे सर्वसाधारणलाई बुझाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’ सेजनले सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमार्फत करिब १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराएको अध्यक्ष भट्टराईले जानकारी दिए । अस्पताल भर्ना हुने बित्तिकै बीमाको सुविधा उपलब्ध हुनेछ भने माइनर सर्जरीका लागि १५ हजार रुपैयाँ, आकस्मिक सर्जरीका लागि ३० हजार रुपैयाँ र ठूला सर्जरीका लागि ४० हजार रुपैयाँसम्मको कभरेज प्रदान गर्नेछ ।

यसका साथै अस्पतालमा भर्ना भएपछि लाग्ने बेड चार्ज, चिकित्सक शुल्क तथा औषधि उपचारसम्बन्धी खर्चसमेत बीमा कभरेजभित्र समेटिने व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

सामूहिक दुर्घटना बीमा भने दुर्घटनाका कारण शारीरिक क्षति भएमा अधिकतम सात लाख रुपैयाँसम्म कभरेज प्राप्त गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश