नेभिगेशन
अर्थतन्त्र

साउदीबाट आइएमई गर्दा उपहार जित्ने अवसर

काठमाडौं – रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मो एपमार्फत ‘आइएमई गरौ, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ । पुस २१ देखि चैत १७ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत नेपाल पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत मेगा पुरस्कारका रूपमा एकजना भाग्यशाली विजेताले बीवाईडी एट्टो वान विद्युतीय कार प्राप्त गर्नेछन् । त्यस्तै, मासिक रूपमा दुईजना भाग्यशाली विजेताले याडिया ओविन ईभी स्कुटर जित्ने अवसर पाउनेछन् भने साप्ताहिक पुरस्कारअन्तर्गत १२ जना विजेताले आईफोन १७ जित्न सक्नेछन् । यो अफरमा कुल १५ जना विजेताहरू लाभान्वित हुने आइएमईले जनाएको छ । कम्पनीका अनुसार अभियानका सबै विजेताहरू पारदर्शी डिजिटल लक्की ड्र प्रणालीमार्फत छनोट गरिनेछ, जसले अभियानलाई अझ विश्वसनीय र पारदर्शी बनाउने विश्वास लिइएको छ ।

वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले आफूले कमाएको पैसा सुरक्षित, छिटो र सहज रूपमा नेपालमा रहेका आफन्तको हातमा पुर्‍याउँदै आएका छन् । पछिल्लो समय डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै मुद्रा भुक्तानी प्रणाली अझ सरल र प्रभावकारी बन्दै गएको छ । आइएमईले वैदेशिक रोजगारीबाट स्वदेशमा वैदेशिक मुद्रा भित्र्याउने कार्यलाई प्रोत्साहन गर्दै, आधुनिक प्रविधिको उपयोगमार्फत सुरक्षित रेमिटेन्स सेवासँगै उपहार जित्ने अवसर प्रदान गरेको जनाएको छ । यस अभियानले विदेशमा रहेका नेपालीहरूलाई डिजिटल माध्यम प्रयोग गरी रेमिटेन्स पठाउन थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्