कास्की – पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले महोत्सवले पोखराको ब्राण्डलाई उच्च बनाएको बताइन । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवर्द्धन र आर्थिक चलायमानमा समेत टेवा पुर्याउने उनको भनाइ छ ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनसँगै हाल लेखनाथमा निर्माण भइरहेको छात्राबासलाई समेत प्रदश सरकारको तर्फबाट साथ र सहयोग रहने बताए ।
नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरालाई हेर्न र बस्न लायक शहर बनाउनका लागि युनाईटेड क्लबले प्रयत्न गरिरहेको बताए । युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले पोखरामा खुल्ला चिडियाखानाको अवधारणा ल्याई काम गरिरहदा उक्त योजना गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको आयोजना बनाइ काम अगाडी वढिरहेको बताए ।
सो अवसरमा सामाजिक सञ्जालको माध्यामबाट विभिन्न पर्यटकीय गन्तब्यहरूको पहिचान गराउन सफल मुना केसी मुना चिया र विश्वसाइकल यात्राको माध्यामबाट नेपाललाई विश्वमा चिनाउन सफल अजित बरलालाई सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन दिनेश सुनारले गरेका थिए ।
महोत्सव पूर्व पोखरा रंगशालाबाट आयोजना गरिएको झांकी तथा र्यालीमा ३ सय वढी संघ संस्था तथा आमा समुहले झांकी तथा र्यालीमा सहभागीता जनाएका थिए । त्यस्तै झाँकी तर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र रामबजार प्रथम, डढुवा दुर्छा लमजुङ तमु समाज पोखरा १० दोश्रोर पैकु समाज सेतीनहर मार्ग पोखरा १२ तृतीय भएभने नेपाल मगर संघ रामबजार इकाइले सान्तवना स्थान हाँसिल गरे ।