नेभिगेशन
अर्थतन्त्र

कर्मचारीको उपचारका लागि सिप्रदी अटो पार्ट्स सहयोग

काठमाडौं – टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिले आफ्ना ‘टाटा गुरु’ सुभाष शर्माको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । गम्भीर स्नायु (न्यूरोलोजिकल) समस्याबाट पीडित शर्मा हाल काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एप्लाइड साइन्सेसमा उपचाररत छन् ।

ललितपुरको सानेपा निवासी शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो सीप, दक्षता र अनुभवमार्फत उल्लेखनीय योगदान दिँदै आएका थिए । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था जटिल रहेकाले दीर्घकालीन उपचार आवश्यक छ, जसका कारण उपचार खर्च व्यवस्थापनमा परिवारलाई आर्थिक चुनौती उत्पन्न भएको छ ।

संवेदनशील परिस्थितिमा सिप्रदी अटो पार्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सिप्रदी सहायता’ कार्यक्रममार्फत शर्माको उपचारका लागि प्रारम्भिक आर्थिक सहयोग उपलब्ध गराइसकेको जनाएको छ । कम्पनीले सहकर्मीको जीवन रक्षाका लागि देखाएको यो कदमले कर्मचारीप्रतिको जिम्मेवारी र मानवीय संवेदनालाई उजागर गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्