नेभिगेशन
अर्थतन्त्र

प्रभु महालक्ष्मीको लाभांश पारित

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ८.४२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा मंगलबार सम्पन्न साधारणसभाले ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित ४.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव पारित गरेको हो । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । त्यसैले पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश पाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्