नेभिगेशन
अर्थतन्त्र

गुहेश्वरीको साधारणसभा

काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सको ललितपुर पुल्चोकस्थित प्रधान कार्यालयमा बुधबार सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभाले अध्यक्ष भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरेको छ । फाइनान्सले विभिन्न जिल्लामा रहेका २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरमार्फत ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्