नेभिगेशन
अर्थतन्त्र

प्रोग्रेसिभ फाइनान्सको वार्षिक प्रतिवेदन साधारणसभाबाट पारित

काठमाडौं – प्रोग्रेसिभ फाइनान्स लिमिटेडले बुधबार २९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद महर्जनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

अध्यक्ष महर्जनले फाइनान्सले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्ने कार्यक्रम तथा योजनाहरूहरूबारे जानकारी दिए । सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष महर्जनले हाल वित्तीय क्षेत्रमा देखिएका चुनौतिहरूका कारण फाइनान्सले अपेक्षित रुपमा व्यवसाय वृद्धि गर्न नसकेको बताए । अर्थतन्त्रमा देखिएको सुस्तताकाबीच पनि अनुपालना, व्यवसायिक गुणस्तर अभिवृद्धि, वित्तीय सुशासन, जोखिम व्यवस्थापन जस्ता क्षेत्रहरूमा अपेक्षित प्रगति हासिल गरेको उनले बताए । अध्यक्ष महर्जनले शेयरधनीहरूबाट प्राप्त सुझावलाई कार्यान्वयनतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।

सभाले आर्थिक वर्ष २०८१/८२को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरू सहितको वित्तीय विवरणहरू छलफल पश्चात स्वीकृत गरेको छ । साथै २०८२/८३का निम्ति बाह्य लेखापरीक्षकका रुपमा डी.जी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्