नेभिगेशन
अर्थतन्त्र

आरम्भ चौतारीको साधारणसभा सम्पन्न

काभ्रेपलाञ्चोक – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । लघुवित्तले काभ्रेको बनेपास्थित पार्टी भेन्यूमा बुधबार साधारणसभा सम्पन्न गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सोही आर्थिक वर्षको वासलात, नाफा– नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरणहरू पनि सभाद्वारा अनुमोदन गरेको छ ।

साधारणसभामा शेयरधनीहरूले राखेका जिज्ञासा, सल्लाह तथा सुझावहरूको सम्बोधन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र सञ्चालक समितिका अध्यक्ष विनोद ज्ञवालीले गरेका थिए । अध्यक्ष ज्ञवालीले आगामी दिनमा आधुनिक प्रविधिमैत्री सेवा विस्तार गर्दै जाने योजना सुनाए । उनले ग्राहक सदस्यहरूमा उद्यमशीलता विकासका साथै वित्तीय साक्षरतामा विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न व्यवस्थापनलाई निर्देशन समेत दिए ।

सभामा संस्थापक शेयरधनी बालकृष्ण चापागाईले संस्थाले पिछडिएका वर्गलाई विनाधितो सामूहिक जमानीमा कर्जा लगानी गरी स्वरोजगार सिर्जना र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले आगामी दिनमा संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन सुझाव दिए । हाल लघुवित्तले ७ वटै प्रदेशका ५७ जिल्लाहरूमा १४० वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्