नेभिगेशन
राशिफल

२०८२ साल भदौ ९ गते सोमबारको राशिफल

मेष :

निर्णय क्षमता र आत्मविश्वासमा वृद्धिको योग छ । अध्ययनमा रुचि बढ्नेछ । प्रेम सम्बन्धमा प्रगाढ हुनेछ । उत्तरदायित्व वृद्धि होला ।

वृष :

स्वास्थ्य सामान्य रहनेछ । शत्रु बढे पनि चुनौतीको सामना गर्न आत्मबल बढ्ला । सतर्कता अपनाउनुपर्ने बेला छ । थालेका काममा आर्थिक लाभ हुनेछ ।

मिथुन :

व्यापार व्यवसायमा लाभ होला । तपाईका कामबाट हितैषीलाई लाभ हुनेछ । नयाँ योजना कार्यान्वयनअघि सबै पक्ष विचार गर्नु उचित हुनेछ ।

कर्कट :

योजना अधुरा हुनेछन् । साथीभाइले साथ नदिदा कार्यक्षेत्रमा बाधा आउनेछ । दीर्घकालीन लगानीका लागि सतर्क हुनुपर्ने दिन छ ।

सिंह :

थालेका काम पुरा हुनेछन् । निर्णायक समयमा दुविधा हुने भएकाले विज्ञको परामर्श लिनु हितकर हुनेछ । बेलामा कार्यसम्पादन गर्न सम्भव हुनेछ ।

कन्या :

कोसिस गर्दा अप्ठ्यारा काम पनि पुरा गर्न सकिन्छ । उद्योग व्यापारमा अपेक्षित लाभको योग छैन । नयाँ थाल्न नहतारिनु उत्तम हुने देखिन्छ ।

तुला :

दिन राम्रो छ । थालेका काम बेलैमा पूरा गर्न सक्ला मन प्रसन्न रहनेछ । अरुको विश्वास जित्न सकिनेछ । फजुल खर्च नियन्त्रणमा ध्यान दिदा हितकर हुनेछ ।

वृश्चिक :

रचनात्मक काममा मन लाग्ने देखिन्छ । आफन्तसँग सम्बन्ध सुधार हुनेछ । साथीभाइ भेट हुनेछन् । मन उत्साहित रहनेछ ।

धनु :

कार्यक्षेत्रमा धेरै परिश्रम गर्नुपर्ने देखिन्छ । अरुका लागि धेरै ध्यान दिदा आफूलाई आएका अवसर गुम्न सक्छन् । परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ ।

मकर :

फगतका नाता लगाउनेबाट टाढै बसेको राम्रो हुन्छ । लगानीका नयाँ क्षेत्रमा हात हाल्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्छ । दौडधुप गर्नु पर्नेछ ।

कुम्भ :

थालेका कामबाट लाभ हुनेछ । प्रशंसा पाइनेछ । पराक्रमले भौतिक साधन जुटाइनेछ । दाम्पत्य जीवन सुमधुर रहला ।

मीन :

परिश्रम गरेअनुसारको फल पाउन सजिलो छैन । बन्दै गरेको काममा बाधा आउनेछ । साथीभाइले साथ दिने भए पनि गोपनीयतामा सतर्क हुनु उचित हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्