नेभिगेशन
प्रदेश

नदी, बगर र पखेटाबीच नारायणीको जाडो

नारायणी नदी क्षेत्रमा जाडो यामसँगै देखिने प्राकृतिक दृश्य अत्यन्त मनमोहक हुन्छ । चिसो बिहानको कुहिरोले ढाकिएको नदी, बगर र वरपरका घाँसे मै दानहरू शीतकालीन आप्रवासी चराहरू र रैथाने वन्यजन्तुहरूको गतिविधिले जीवन्त बन्छ । हरेक वर्ष उत्तरी एसिया, साइबेरिया, मध्य एसिया र तिब्बती उच्चभूमिबाट हजारौं किलोमिटर यात्रा गरेर नेपाल आउने फिरन्ते चराहरूका लागि नारायणी नदी एक महत्वपूर्ण आश्रयस्थल हो ।

यस क्षेत्रमा चखेवा, खोया हाँस, रणमत्त महाचील, लघु राजपुत्रिकाजस्ता प्रमुख आप्रवासी चराहरू देख्न सकिन्छ । साथै मणितुण्डक हाँसजस्ता जलचर र आसपासका वन क्षेत्रमा मयुरको उपस्थितिले पनि यहाँको सिमसार क्षेत्रको जैविक विविधता समृद्ध छ । सिमसार क्षेत्र प्रकृति र वातावरणीय सन्तुलनका महत्वपूर्ण सूचक हुन् । तर संकुचन, प्रदूषण, अवैध सिकार र बढ्दो मानवीय दबाबका कारण चरा र वन्यजन्तुको बासस्थान जोखिममा पर्दै गएको छ । नारायणी नदी र यससँग जोडिएका सिमसार क्षेत्रहरूको संरक्षण आवश्यक देखिएको छ । तस्बिर : दृष्टान्त विडारी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्