नेभिगेशन
नेपाल

एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपाली महिला

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले दक्षिण एसिया विभाग महानिर्देशकमा नेपाली महिला सोना श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त भएकी हुन् ।

उनी यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त हुन पाउँदा गर्व लागेको उनले बताएकी छन् । समावेशी र दिगो विकासमा सहयोग पु¥याउन एडीबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न सकिने पनि उनको प्रतिक्रिया छ ।

अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकन क्षेत्रमा श्रेष्ठसँग २७ वर्ष लामो अनुभव छ । त्यमध्ये २७ वर्ष उनले एडीबीमै बिताएकी छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट उनले अर्थशास्त्रमा पीएचडी गरेकी छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्