नेभिगेशन
उपत्यका

बालाजु प्रहरी परिसर भवन निर्माणमा सन् नेपाल लाइफको सहयोग

काठमाडौं । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन् नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ । एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं र प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली र आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थितिमा १० लाख रुपैयाँबराबरको निर्माण सामग्री बालाजु प्रहरी कार्यालयलाई प्रदान गरिएको हो ।
कार्यक्रममा बालाजु प्रहरी इकाई पुनर्निर्माण समितिको तपÞर्mबाट अध्यक्ष शिवभक्त रञ्जित, कोषाध्यक्ष वेदप्रसाद पौडेल र प्रहरी नायब उपरीक्षक यललाल बञ्जाडेको उपस्थिति थियो । प्रहरी परिसर जस्तो सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने संस्थाको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेकाले सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिले सामाजिक सुरक्षाको आधार वित्तीय सुरक्षासँगै संस्थागत सुदृढीकरण पनि भएको उल्लेख गरेका छन् ।
बालाजु प्रहरी कार्यालयका प्रमुखले बिमा क्षेत्रको यस्तो सहयोगले सेवा प्रवाह थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले समुदाय र निजी क्षेत्रबीचको सहकार्यले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताए । सन् नेपाल लाइफले बिमा व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य, शिक्षा र सामुदायिक पूर्वाधार जस्ता क्षेत्रमा कम्पनीको सक्रिय सहभागिता देखिँदै आएको छ । हाल सन् नेपाल लाइफ इन्स्योरेन्सको देशभर १४८ शाखा तथा उप–शाखा सञ्चालनमा छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्