नेभिगेशन
उपत्यका

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी

काठमाडौं । यामाहा नेपालले फेब्रुअरी १४ मा ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड कार्यक्रम आयोजना गरेको छ । नक्साल सोरुमबाट सुरु भई रमणीय जर्सिङपौवातर्फ अगाडि बढेको कार्यक्रममा यामाहा एमटी १५ र आर १५ मोडेलका ३५ राइडरको सहभागिता थियो ।
वर्षा बस्नेत, आर १५– १५० सिसी वर्गमा रेस नारी २०२५ की विजेता तथा सोही वर्गमा ६ पटक विजेता भइसकेकी प्रतिभाशाली महिला रेसर कार्यक्रममा सहभागी भइन् । उनी नेपाली रेसिङ क्षेत्रमा प्रेरणादायी महिला राइडरमध्ये एक हुन् । साथै, नेपाल रोड रेसिङ च्याम्पियनशिपको राष्ट्रिय वर्गमा दुईपटक विजेता बनेका श्रीहरि पौडेल पनि राइडमा सहभागी भएका थिए ।
कार्यक्रमको अन्तरक्रिया सत्रमा दुवै रेसिङ च्याम्पियनले अनुभव साझा गरेका थिए । उनीहरूले आफ्नो राइडिङ यात्रा, सामना गरेका चुनौतीहरू तथा प्रतिस्पर्धात्मक रेसिङमा सफल हुन आवश्यक अनुशासनबारे जानकारी दिएका थिए ।
जर्सिङपौवा राइडले यामाहा राइडरहरूबीचको सम्बन्ध अझ बलियो बनाउँदै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गरेको कम्पनीले जनाएको छ । यस्ता सामुदायिक कार्यक्रममार्फत यामाहा नेपालले राइडरहरूलाई जोड्ने, सिक्ने र सँगै अघि बढ्ने अवसर प्रदान गर्दै आएको छ ।
यामाहा ब्लु स्ट्रिक्स नेपालमा यामाहाको आधिकारिक राइडर समुदाय हो । यसको उद्देश्य उत्साही यामाहा राइडरहरूलाई एउटै समूहमा जोड्नु हो । यसले यामाहाको रेसिङ भावना, उत्कृष्ट प्रदर्शन र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रतिनिधित्व गर्छ । ब्लु स्ट्रिक्स केवल राइडिङ समूह मात्र होइन, यो यामाहा राइडरहरूको भाइचारा हो । सदस्यले सामूहिक राइड, सुरक्षा सचेतना कार्यक्रम, ब्रान्ड कार्यक्रम र सामाजिक गतिविधिहरूमा नियमित रूपमा सहभागी हुन्छन् ।
एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालन हुँदै आएको यामाहा नेपाल नवप्रवर्तन, उत्कृष्ट कार्यसम्पादन र भरपर्दोपनका लागि परिचित अग्रणी ब्रान्ड हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्