नेभिगेशन
खेलकुद

धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई

धरान । धरानमा सम्पन्न १४औँ धरान १०के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पारेका छन् ।
धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गरेका थिए भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गरेका हुन् । उनीहरुलाई नगद रु.६० हजार पुरस्कार प्रदान गरिएको छ । 
पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भइन् भने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दूरी पार गरे । उनीहरुलाई पुरस्कारस्वरुप नगद रु.४० हजार प्रदान गरिएको छ । 
त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए । उनीहरुलाई रु.३० हजार प्रदान गरियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्