नेभिगेशन
प्रदेश

पत्रकारलाई चुनावी अभिमुखीकरण

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पत्रकारहरूका लागि कोशी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम विराटनगरमा आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रम निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालनासम्बन्धी केन्द्रित रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचन नजिकिँदै जाँदा पत्रकारमाथि धम्की र आक्रमणका घटना बढ्दै गएको बताइन् । ‘पत्रकारमाथि हुने दबाब र आक्रमणबारे दैनिकजसो विज्ञप्ति जारी गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा पनि पत्रकारले सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ ।
उनले डिजिटल प्लेटफर्मको तीव्र विस्तारसँगै सही र प्रमाणित सूचना जनतासम्म पु¥याउन थप चुनौती देखिएको उल्लेख गरिन् । सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट तथा भ्रामक सूचनाप्रति सजग रहन उनले आग्रह गरिन् । महासंघले निर्वाचन अभिमुखीकरण कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गर्ने योजना रहेको जानकारी पनि उनले दिइन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले निर्वाचनका क्रममा जिम्मेवार र मर्यादित पत्रकारिता आवश्यक रहेको बताए । उनले मिथ्या तथा अपुष्ट समाचार सम्प्रेषण नगर्न र सत्यतथ्यमा आधारित सामग्री मात्र प्रकाशन र प्रसारण गर्न आग्रह गरे । महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकारले स्वयं आचारसंहिता पालना गर्नुका साथै अरूलाई पनि पालना गराउन प्रेरित गर्नुपर्ने बताए । ‘जिम्मेवार पत्रकारिताले नै निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन योगदान पु¥याउँछ,’ उनले उल्लेख गरे । महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष लिलावल्लभ घिमिरेले निर्वाचनको संवेदनशील समयमा उत्तेजित भएर रिपोर्टिङ नगर्न सुझाव दिए । उनले आचारसंहिता पालनाले पत्रकारलाई कानूनी र पेसागत रूपमा सुरक्षित बनाउने धारणा राखे ।
अभिमुखीकरण कार्यक्रममा पत्रकारहरूले निर्वाचनका क्रममा भोग्नुपर्ने चुनौती, सुरक्षा सतर्कता, आचारसंहिताको व्यवहारिक कार्यान्वयन तथा डिजिटल मिडियाको भूमिकाबारे छलफल गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका तीन दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण महासंघ अध्यक्ष निर्मला शर्मा र रविराज बरालले गरेका थिए । आयोजकका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले निर्वाचन अवधिमा जिम्मेवार, सुरक्षित र मर्यादित पत्रकारिता प्रवर्धन गर्न महŒवपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्