नेभिगेशन
प्रदेश

पोखरामा तीज सांस्कृतिक महोत्सव सुरु

गण्डकी, १० भदौ - पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को आयोजनामा आजदेखि पोखरामा दुई दिने तीज सांस्कृतिक महोत्सव सुरु भएको छ ।

परम्परागत मौलिक संस्कृतिको जगेर्नासँगै पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताइन् ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ भन्ने मूल नारासहित संस्थाले यसअघि महोत्सवको दुई संस्करण सम्पन्न गरिसकेको छ ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तीजको मौलिकतालाई जगेर्ना गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले विकास निर्माणमा तालिका निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

महोत्सवमा तीज गीत प्रतियोगिताका साथै रस्साकसी, साडी दौड, घैटो फुटाउनेजस्ता खेल र विविध सांस्कृतिक प्रस्तुति राखिएका छन् ।

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्