नेभिगेशन
प्रदेश

सद्भाव -यालीपछि गौरको जनजीवन सामान्य

कफ्र्यू फिर्ता, निषेधाज्ञा कायमै

रौतहट  । केही दिनदेखि अशान्त रौतहट जिल्ला सदरमुकाम गौर र आसपासका क्षेत्रहरूको जनजीवन बिस्तारै सामान्यतर्फ फर्किएको छ । फरक धार्मिक सम्प्रदायबीच विवाद बढ्दा झडप भएका थिए । स्थिति तनावपूर्ण भएको थियो । झगडा परेको ठाउँ गौर–६ सबगढामा सोमबार बिहान नागरिक समाजको अगुवाइमा सद्भाव ¥याली गरिएको छ । 
सबगढाको मुख्य सडकबाट सुरु भएको -यालीले प्रभावित गाउँ परिक्रमा गरेको थियो । ¥यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, स्थानीय, प्रशासन, सुरक्षाकर्मी लगायतको सहभागिता थियो । ¥यालीमा गाउँलेहरू सहभागी भएका छन् । गत आइतबारसम्म झडप भइरहेको क्षेत्र सोमबार भने शान्त रह्यो ।
¥यालीमा सहभागीले आपसी सद्भाव र सहयोग कायम राख्दै एकअर्कामा आदर–सम्मान गर्नेमा जोड दिएका थिए । उनीहरूले यस्ता खाले घटना कहिले घटना अब उप्रान्त हुन नदिन सबै पक्ष संयमित हुनुपर्ने बताए । ¥यालीमा सहभागी एमालेका केन्द्रीय सदस्य तथा रौतहट–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयकुमार गुप्ताले समाजमा सबै जातजाति, धर्म, संस्कृतिका मानिसहरू मिलेर बस्नुपर्नेमा जोड दिँदै विवाद बढाउने घटना फेरि दोहोरिन नहुने बताए । 
गत बिहीबार सबगढा गाउँमा मस्जिदमा प्रार्थना भइरहेको बेलामा हिन्दु समुदायले बिहेमा बाजा बजाएको भन्दै सुरु भएको विवाद बढेपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । सत्यनारायण साहको छोरीको विवाहको जन्ती रौतहटको बौधिमाई–९ सरमुजवाबाट गौर–६ सवगढामा आउने क्रममा मस्जिदअगाडि बाजा बजाएको विषयलाई लिएर विवाद भएको थियो । विवाद बढेर ढुंगा हानाहान हुँदा ६ जना घाइते भएका थिए । 
झडपमा घाइते भएको देखेपछि तनाव अझ बढेको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकमा  आइन्दा यस्तो घटना नदोहोरिने सहमति भए पनि शनिबार पुनः झडप सुरु भएको थियो । शनिबार बिहान भएको झडप रोक्न प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो भने ४० थान अश्रुग्यास छाडेको थियो । झगडामा संलग्नहरूले ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी गरेका थिए । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले कफ्र्यू लगाउनुका साथै सेना परिचालन गरेको थियो । 
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको गाउँका अगुवाहरूको बैठकले झडप रोकेर सद्भाव ¥याली गर्ने सहमति गरेका थिए । उक्त सहमतिपछि जिल्ला प्रशासन कार्यालय रौतहटले तीन दिनदेखि लगाइएको कफ्र्यु सोमबार बिहान ६ बजेदेखि हटाएको थियो । यही बेला सद्भाव ¥याली गरिएको हो । सोमबारदेखि गौर आसपासको जनजीवन सामान्य बनेको छ ।  
रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालले नितान्त व्यक्तिगत झगडालाई केही व्यक्तिहरूले आफ्नो स्वार्थ पुरा गर्नका लागि हिन्दु–मुस्लिम द्वन्दमा लगेको भए पनि स्थानीय प्रशासन र अगुवाहरूको सक्रियतामा समाधान पहिल्याएको बताए । ‘व्यक्तिगत झगडालाई धार्मिक द्वन्द्वको रुप दिनु गलत हो । कसैले धर्मको नाममा आफ्नो स्वार्थको रोटी सेक्नु हुँदैन । हामी यस्ता खाले घटनालाई फेरि पनि दोहोरिन नदिन सजग भएका छौं,’ उनले भने ।  
यसैबीच प्रहरीले झडपका घटनाहरूका संलग्नको आशंकामा नियन्त्रणमा लिइएका २३ जनामाथि अनुसन्धान गरिरहेको छ । ‘हामीले घटनाको भिडियो र सिसिटिभी फुटेजहरू हेरेर कसुरवारलाई पक्राउ गरिरहेका छौं,’ रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले भने, ‘समाजमा धार्मिक द्वन्द फैलाउने जो कोही भए पनि हामी कानूनी कारबाहीको दायरामा ल्याउँछौं ।’  

कफ्र्यू फिर्ता, निषेधाज्ञा कायमै
वीरगंज (पर्सा) । वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा दुई समुदायबीच भएको झडपपछि लगाइएको कफ्र्यू आदेश अन्ततः व्यापक आलोचनापछि हटाइएको छ । पर्सा जिल्ला प्रशासन कार्यालयले जारी गरेको उक्त आदेश सर्वत्र विरोध र असन्तुष्टि बढेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फिर्ता लिएको हो । तर शान्ति सुरक्षालाई मध्यनजर गर्दै केही संवेदनशील स्थानमा भने निषेधाज्ञा यथावत् राखिएको छ ।
आइतबार साँझ श्रीपुर क्षेत्रमा दुई पक्षबीच भएको झडपमा केही व्यक्ति घाइते भएका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । त्यसलगत्तै सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि बजार क्षेत्र समेटेर कफ्र्यू लागू गरिएको थियो ।
तर चाडपर्व, विवाह ब्रतबन्ध तथा निर्वाचनको माहोलबीच गरिएको कफ्र्यू निर्णयले जनजीवन, व्यापार व्यवसाय र आवतजावतमा गम्भीर असर पर्ने भन्दै स्थानीयवासी, व्यवसायी र विभिन्न सरोकारवालाले कडा असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जालमा ‘एक वडाको घटनाका कारण सिंगो शहर ठप्प पार्नु न्यायोचित होइन’ भन्ने धारणा व्यापक रूपमा उठेको थियो । केही सामाजिक अगुवा र युवाहरूले सुरक्षा व्यवस्थामा सुधार आवश्यक भए पनि सम्पूर्ण शहर बन्द गर्नु समाधान नभएको टिप्पणी गरेका थिए ।
चौतर्फी दबाबपछि सर्वपक्षीय छलफल गरी प्रशासनले सोमबार साँझ ४ः३० बजेदेखि कफ्र्यू हटाएको जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार जारी गरिएको आदेश शान्ति सुरक्षाको अवस्था केही सहज बनेको मूल्याङ्कनका आधारमा फिर्ता लिइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । यद्यपि अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै महानगरका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा कायम राखिएको छ । फागुन ११ गते साँझ ६ बजेदेखि १२ गते बिहान ८ बजेसम्म बाइपास रोड, रानीघाट पुल, पावरहाउस चोक र घण्टाघर चोक आसपासका क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला तथा कुनैपनि प्रकारका सामूहिक गतिविधि गर्न रोक लगाइएको छ ।
तोकिएको सीमाभित्र सुरक्षा सतर्कता कडा पारिएको छ भने आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । स्थानीय प्रशासनले शान्ति र सद्भाव कायम राख्न राजनीतिक दल, सामाजिक संघसंस्था, युवा समूह र सर्वसाधारण सबैलाई संयमता अपनाउन आग्रह गरेको छ । यस घटनाले सुरक्षा संवेदनशीलता र नागरिक स्वतन्त्रताबीच सन्तुलन कायम गर्ने चुनौतीलाई फेरि एकपटक उजागर गरेको छ । व्यापारिक सहर वीरगंजलाई पुनः पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन प्रशासन र नागरिकबीच सहकार्य अपरिहार्य देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्