नेभिगेशन
फोटो स्टोरी

सूर्यविनायक मन्दिरमा गणेश पूजा गर्दै श्रद्धालुहरू

आज गणेश चतुर्थी, अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्वका दिन आज देशभरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन  मनाइने यस पर्व सत्य युगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइँदै छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

IMG-20250827-WA0077-1756276078.jpg

IMG-20250827-WA0067-1756276076.jpg

IMG-20250827-WA0059-1756276070.jpg

IMG-20250827-WA0063-1756276071.jpg

IMG-20250827-WA0055-1756276067.jpg

IMG-20250827-WA0053-1756276065.jpg

IMG-20250827-WA0051-1756276060.jpg

IMG-20250827-WA0049-1756276060.jpg

IMG-20250827-WA0046-1756276055.jpg

IMG-20250827-WA0040-1756276052.jpg

IMG-20250827-WA0032-1756276049.jpg

IMG-20250827-WA0036-1756276049.jpg

IMG-20250827-WA0029-1756276035.jpg

IMG-20250827-WA0027-1756276032.jpg

IMG-20250827-WA0024-1756276027.jpg

IMG-20250827-WA0019-1756276027.jpg

तस्विरमा भक्तपुरको सूर्यविनायक मन्दिरमा दर्शन गर्दै श्रद्धालुहरू - तस्विर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्