नेभिगेशन
फोटो स्टोरी

हतियारमा लगानी नबढाउः

लण्डनमा शुक्रबार प्रदर्शन गर्दै विद्यार्थी । युरोपसहित २५ भन्दा बढी देशका विद्यार्थी तथा युवा युद्ध र बढ्दो सैन्य खर्चविरुद्ध सडकमा उत्रिएका छन् । ‘हाम्रो भविष्यका लागि लडौँ, उनीहरूका युद्धका लागि होइन’ भन्ने नारासहित भएको प्रदर्शनमा शिक्षा, स्वास्थ्य, रोजगारी र आवासमा सरकारी लगानी बढाउन माग गरिएको छ । विशेषगरी रुस–युक्रेन युद्धपछि युरोपेली देशले रक्षा बजेट बढाउने र सैनिक सेवा अनिवार्य बनाउने बहस चलाइरहेका बेला युवाले त्यसको विरोध गरेका हुन् । बेलायतको लन्डनसँगै प्रदर्शन जर्मनी, इटाली, फ्रान्सलगायत देशमा भएका थिए । युवाले युद्धको तयारीभन्दा आफ्नो पुस्ताको भविष्य सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । तस्बिरः एपी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
छठी माताको अर्चना

छठी माताको अर्चना

शपथ ग्रहण

शपथ ग्रहण

फूलैफूलको मौसम

फूलैफूलको मौसम