नेभिगेशन
नेपाल

आज पनि आन्तरिक हवाई उडान हुने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको दिन आज आवश्यकताअनुसार आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । यात्रुको सेवालाई ध्यानमा राखी निर्वाचनको दिन पनि आन्तरिक हवाई उडान नियमित गरिने भएको हो । 
निर्वाचनको दिन हवाई उडान सञ्चालन सम्बन्धी विशेष व्यवस्था मिलाइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । प्राधिकरणका अनुसार निर्वाचनको दिन देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकताका आधारमा मात्र सञ्चालन हुने छन् ।
त्यसैगरी, अन्तर्राष्ट्रिय उडानतर्फ मध्य–पूर्वी देशहरूका गन्तव्य बाहेक अन्य सबै उडानहरू सामान्य रूपमा सञ्चालन हुने पनि प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।
सूचनामा उल्लेख भए अनुसार मध्य–पूर्वी देशहरूमा हुने उडानको हकमा सम्बन्धित देशको निर्णय र उडान हुने विमानस्थलको अवस्थालाई ध्यानमा राखेर मात्रै उडान तय गरिने छ । अन्तर्राष्ट्रिय  गन्तव्यहरूका लागि वायुसेवा कम्पनीहरूले तय गरेको संशोधित उडान तालिका बमोजिम मात्र उडानहरू सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले उडान सम्बन्धी थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा रहन र संशोधित उडान तालिकाहरू बुझ्न सबै सरोकारवालाहरूमा आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्