नेभिगेशन
अर्थतन्त्र

कृषि विकास बैंकको अध्यक्षमा पौडेल

काठमाडौं (संवाददाता) - कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् । पौडेललाई बुधबार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा चयन गरेको हो ।

यसअघि बैंकको अध्यक्ष रामशरण पुडासैनी थिए । उनी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा नियुक्त भएपछि अध्यक्ष पद रिक्त थियो । त्यसपछि बैंकको अध्यक्ष बनाउनेगरी अर्थमन्त्रालयले पौडेललाई तीन दिन अघि सञ्चालक समिति नियुक्त गरेको थियो ।

पौडेलसँग नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक रही काम गरेको अनुभव छ । यस्तै उनीसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको अनुभव पनि छ । 

वित्त तथा व्यवस्थापन परामर्शदाताका रूपमा काम गर्दै आएका पौडेल हाल ब्लू चिप्स भेन्चर क्यापिटल र ब्लू स्काई इनर्जीका अध्यक्षसमेत छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्