नेभिगेशन
नेपाल

दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज जारी  मतदानमा करिब ८५ लाख मत खसेको छ । बिहीबार दिउँसो ३ः४५ बजेसम्म ८४ लाख ६० हजार ६७७ मत खसेको हो । 

यो तथ्याङ्कअनुसार देशभर हालसम्म ४५ प्रतिशत मत खसेको हो । सुरक्षा निकायको तथ्याङ्कअनुसार सबैभन्दा कम मधेश प्रदेशमा मत खसेको छ । मधेशमा ३७ प्रतिशत मात्रै मत खसेको छ ।

मधेशमा १३ लाख ५२ हजार ५०४ मत खसेको तथ्याङ्कमा उल्लेख छ । यस्तै सबैभन्दा धेरै मत भने उपत्यकामा खसेको छ । तथ्याङ्कअनुसार यहाँ ५४ प्रतिशत मत खसेको हो ।

उपत्यकामा ६ लाख ३५ हजार ४२८ मत हालसम्म खसेको हो । यस्तै गण्डकी र कर्णालीमा समान ४८ प्रतिशत मत खसेको छ । बागमती र लुम्बिनीमा समान ४७, कोशीमा ४६ तथा सुदूरपश्चिममा ३९ प्रतिशत मत खसेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्