नेभिगेशन
नेपाल

अमेरिका र भारतद्वारा बधाई

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा अमेरिका र भारतले बधाई नेपाललाई दिएका छन् । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनलाई दुवै देशले लोकतान्त्रिक प्रक्रियाको महŒवपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
नेपालस्थित अमेरिकी दूतावास नेपालले सामाजिक सञ्जाल एक्समार्फत निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै आगामी सरकारसँग सहकार्य गर्न उत्सुक रहेको जनाएको छ । दूतावासले भनेको छ, ‘अमेरिका आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक छ ।’
त्यसैगरी भारतले पनि नेपालमा शान्तिपूर्ण रूपमा सफलतापूर्वक आमनिर्वाचन सम्पन्न भएकामा बधाई दिएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समा लेख्दै गत वर्षको असामान्य अवस्थाको पृष्ठभूमिमा आयोजित चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकार, नेपाली जनता तथा सबै सरोकारवालालाई बधाई दिएका छन् ।


उनले उत्साहजनक सहभागिताका साथ नेपालमा लोकतान्त्रिक जनादेशको प्रयोग भएको उल्लेख गर्दै भारतले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको पनि बताएका छन् । ‘आपसी हितका लागि हाम्रा दुई देश र जनताबीचको बलियो सम्बन्धलाई अझ सुदृढ तुल्याउन हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौं,’ जैसवालले उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्