नेभिगेशन
नेपाल

निर्वाचन मतपरिणामः १ जित, ८५ अग्रतासहित रास्वपा धेरै अघि

कांग्रेसको १ जितसहित ९ स्थानमा अग्रता

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।

निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार दिउँसो पौने ३ बजेसम्म देशका १११ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये ८५ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारहरूले अग्रता बनाएका छन् भने कांग्रेस एमाले धेरै पछि रहेका छन् ।

नेपाली कांग्रेसले १ जितसहित ९ स्थानमा अग्रता कायम गरेको छ । त्यसैगरी नेकपा एमाले ७, नेकपा ८, राप्रपा १ र स्वतन्त्रका उम्मेद्वारले १ स्थानमा अग्रता लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्