नेभिगेशन
प्रदेश

कास्कीः तीनै निर्वाचन क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

कास्की । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीमा जारी मतगणनामा तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रतालाई फराकिलो बनाएका छन् ।

कास्की–१ मा अहिलेसम्म १९ हजार ६१३ मत गणना सकिएको छ । जसमा रास्वपा उम्मेदवार गनेस पौडेलले आठ हजार १३० मत प्राप्त गरी अग्रता कायम राखेका छन् । यहाँ नेकपा (एमाले)का उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले चार हजार ८३९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका तिलक रानाभाटले चार हजार ३६४ मत प्राप्त गरेका छन् ।

कास्की–२ मा रास्वपाका उत्तम पौडेलले १९ हजार ७१७ मतसहित अग्रता बताएका छन् । एमालेका उम्मेदवार रश्मी आचार्यले पाँच हजार ४९१ मत ल्याएका छन्। नेपाली कांग्रेसका माधव बाँस्तोलाले तीन हजार १३२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले २१ हजार १०१ मतसहित फराकिलो अग्रता बनाएकी छन् । नेपाली कांग्रेसका मनोज गुरुङले आठ हजार ९२४ मत प्राप्त गर्दा नेकपा एमालेका दामोदर पौडेल चार हजार ७८७ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्