नेभिगेशन
प्रदेश

बझाङमा एमालेका ऐनबहादुर महर निर्वाचित

काठमाडौं । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उनले १८ हजार ५४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्