नेभिगेशन
नेपाल

निर्वाचन मतपरिणाम (अपडेट):  जारी मतगणनामा ३१ जितसहित रास्वपा अग्रस्थानमा

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।

विभिन्न जिल्लाका निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार मतगणना जारी रहेका स्थानमध्ये हालसम्म रास्वपा ८७, कांग्रेस ८, एमाले १०, नेकपा ९, श्रम संस्कृति ५, राप्रपा १ र स्वतन्त्रका १ उम्मेदवारले अग्रता बनाएका छन् ।

त्यसैगरी रास्वपा ३१, कांग्रेस ६, नेकपा २ र नेकपा एमालेका २ जना उम्मेद्वार विजयी भइसकेका छन् । अहिलेसम्मको विजयी तथ्यांक हेर्दा रास्वपा पहिलो, कांग्रेस दोस्रो, नेकपा र एमाले तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्