नेभिगेशन
नेपाल

समानुपातिकतर्फ पनि रास्वपा नै सबैभन्दा अगाडि

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ।

प्रत्यक्षमा जस्तै सार्वजनिक विवरणअनुसार रास्वपाले ७०,०१४ मत प्राप्त गरिसकेको छ। यो भनेको झन्डै ५५ प्रतिशत मत हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांंग्रेसले २०,८८५ मत पाएको छ । उसले अहिलेसम्म गनिएको मतमा १६.६६ प्रतिशत मत पाएको छ। उता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले जम्मा १२,७९३ मत प्राप्त गरेको छ। जसको १०.२० प्रतिशत मत छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ७,२६० मत पाएको छ । उसले ५.७९ प्रतिशत मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टीले ५,०२५ मत प्राप्त गरेको छ। उसले ४.१ प्रतिशत मत पाएको छ।

राष्ट्रिय परिवर्तन पार्टी २,८०९ मत र श्रम संस्कृति पार्टीले हालसम्म २,३९८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्