नेभिगेशन
प्रदेश

झापा ५ मा बालेनको जित निश्चित, ३८ हजार मतले पछि परे ओली

झापा । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको विजय निश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा मतान्तर धेरै देखिएपछि शाहको जित निश्चित भएको हो ।

निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार बालेन्द्र शाहले ५२ हजार ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ मत मात्र प्राप्त गरेका छन् । हालसम्मको गणना अनुसार शाह र ओलीबीचको मतान्तर ३८ हजार ३५ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्