नेभिगेशन
प्रदेश

अछाम-१ बाट कांग्रेसका भरतकुमार स्वाँरको  जित, भीम रावल पराजित

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अछाम-१ बाट कांग्रेसका भरतकुमार स्वाँरले विजय प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम-१ बाट पराजित भए । उनी कांग्रेस नेता स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रावलले १० हजार २३३ मत पाए ।  नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहको पक्षमा १०२ मत खसेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्