नेभिगेशन
प्रदेश

ताप्लेजुङबाट एमालेका क्षितिज थेबे निर्वाचित

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बुलाई २ हजार २५१ मतले पराजित गर्दै थेबे विजयी भएका हुन्।

थेबेले १३ हजार ९६२ मत प्राप्त गरे भने तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गरे। त्यस्तै नेपाली कम्यूनिष्ट पार्टीका खेलप्रसाद बुढाले ६ हजार ७७५ तथा श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत प्राप्त गरे।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुकसाम लाबुङ लिम्बूले २ सय २१, उज्यालो नेपाल पार्टीका किर्तिमान मादेनले २ सय ३२  मत प्राप्त गर्दा नेकपा माओवादीका नरपति पौडेलले १ सय ५५ मत,  जनता समाजवादी पार्टीका अरुण लेछर्वोले १ सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईन्द्र प्रसाद थापाले १ सय ८५ जसपा नेपालका सूर्य गुरुङले ५५, जनमूक्ति पार्टी नेपालका ईन्द्र कुमार थलङले ४६ र मंगोल नेशनल अर्गनाईजेसनका सन्त बहादुर लिम्बूले ५० मत पाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्