नेभिगेशन
प्रदेश

बाजुरा- १ बाट कांग्रेसका जनकराज गिरी विजयी

बाजुरा । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुरा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी निर्वाचित भएका छन् ।

निर्वाचन परिणाम अनुसार कांग्रेसका उम्मेदवार जनकराज गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ८७ हजार ८६१ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएको छ भने १ हजार ३४६ मत बदर भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्