नेभिगेशन
प्रदेश

सप्तरी- २ बाट रास्वपाका रामजी यादव निर्वाचित, सीके राउत तेस्रो

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव १४ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् ।

यादवका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उम्मेदवार उमेश कुमार यादवले १४ हजार २६३ मत प्राप्त गरेका हुन् ।

यस्तै जनमत पार्टीका अध्यक्ष डा सिके राउतले ९ हजार ८८० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्दा स्वाभिमन पार्टी नेता एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले ३ हजार ५५७ मतसहित चौथो स्थानमा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्