नेभिगेशन
प्रदेश

भोजपुरबाट श्रम संस्कृतिका ध्रुवराज राई निर्वाचित, शेरधन राई पराजित

भोजपुर । प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्। राईले एमाले सचिव एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईलाई  १९ सय १३ मतको फरकले पराजित गरेका हुन्।

श्रम संस्कृति पार्टीका राईले १६ हजार ६६३ र एमाले सचिव राईले १४ हजार ७५० मत प्राप्त गरे। यस्तै, नेपाली कांग्रेसका बालकृष्ण थापाले ६ हजार ८७० र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ६ हजार १०२ मत प्राप्त गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङवाङ ५ हजार ३७२ मतमा सीमित भए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्