नेभिगेशन
प्रदेश

न्यूज २४ दैनिक सहकर्मीलाई पितृशोक

दोलखा । न्यूज२४ दैनिकका पत्रकार रामशरण दाहालका पिता देवीप्रसाद दाहालको ७५ वर्षको उमेरमा निधन भएको छ । दोलखा सुन्द्रावती–९, लप्सेका स्थायी बासिन्दा दाहाल शिक्षासेवीका रूपमा लामो समयसम्म काम गरेका थिए  । गएका तीन वर्षदेखि ब्रेन क्यान्सरजस्तो जटिल रोगबाट ग्रसित दाहालको उपचारकै क्रममा काठमाडौंमा निधन भएको हो ।
शिक्षासेवी दाहालले आफ्नो जीवनको ऊर्जाशील ३० वर्ष विभिन्न शैक्षिक संस्थाहरूमा समर्पित गरेका थिए । उनले विशेष गरी नैतिक शिक्षा र संस्कृत भाषाको शिक्षणमार्फत हजारौं विद्यार्थीहरूलाई संस्कार र सभ्यताको मार्गमा डो¥याएका थिए । सरल स्वभाव, मेहेनती व्यक्तित्व र मृदुभाषी स्वभावका कारण उनी समाजमा निकै लोकप्रिय र सम्मानित थिए । दाहालको योगदान विद्यालयमा मात्र सीमित नरही कर्मकाण्ड, पूर्वीय दर्शन, ज्ञान र संस्कृतिको क्षेत्रमा दख्खलले स्थानीयस्तरमा सांस्कृतिक चेतना अभिवृद्धि गर्न ठूलो मद्दत पु¥याएको थियो । उनको निधनले पूर्वीय ज्ञान सभ्यता र संस्कृतिको क्षेत्रमा एउटा ठूलो रिक्तता पैदा भएको स्थानीयले बताए ।
दाहालका पाँच सन्तान छन् । पाँचै जना छोराछोरीहरू बुबाकै पदचाप पछ्याउँदै शिक्षण र प्राध्यापन पेसामा आबद्ध छन् । न्यूज२४ दैनिक परिवार उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्