नेभिगेशन
प्रदेश

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं । मनकामना दर्शन गरेर फर्किंदै गरेका तीर्थालु सवार माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । गोरखाको सहिद लखन–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको इभी माइक्रोबस शनिबार साँझ दुर्घटना भएको हो । मृत्यु हुनेमा ७ भारतीय नागरिक रहेको गोरखाका प्रहरी उपरीक्षक भरतबहादुर विकले बताए । माइक्रोबसमा १४ यात्रु थिए । चालक र सहचालकबाहेक सबै भारतीय तीर्थालु थिए । माइक्रो बस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । स्थानीय र प्रहरी मिलेर घाइतेको उदार गर्दै अस्पताल पठाएका हुन् । मनकामना मन्दिर दर्शनका लागि गएको गाडी यात्रु लिएर फर्कँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्